गुटेरेसले व्यक्त गरे दुःख
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार गएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
महासचिवका प्रवक्तामार्फत जारी वक्तव्यमा बाढीले ठूलो सङ्ख्यामा मानवीय क्षति गराउनुका साथै मानिसहरू बेपत्ता र व्यापक भौतिक संरचना नष्ट भएकोमा समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावितहरूप्रति पूर्ण ऐक्यबद्धता जनाइएको छ।
Read full story at source (hamrakura.com)