चीनबाट सामान बोकेर आएका पाँच सय बढी कन्टेनर बाढीमा बेपत्ता, रसुवागढी नाका अनिश्चितकालका लागि ठप्प
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण नेपाल–चीन व्यापारको प्रमुख नाका मानिने रसुवागढी नाका अनिश्चितकालका लागि ठप्प भएको छ। बाढीले चीनबाट नेपाल भित्रिन लागेका सयौँ कन्टेनरहरू बगाएको छ।
नाका अवरुद्ध भएपछि आगामी चाडपर्व (दसैँ–तिहार) लक्षित वस्तुको आपूर्तिमा गम्भीर दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव रामचन्द्र पराजुलीले मानवीय क्षति नै यस विपद्को सबैभन्दा ठूलो पीडा भए पनि व्यापारिक क्षेत्रमा पनि अपूरणीय क्षति पुगेको बताएका छन्। उनका अनुसार बाढीले सीमाक्षेत्रमा ५०० भन्दा बढी सामान बोकेका कन्टेनर बगाएको छ।
Read full story at source (hamrakura.com)