भोटेकोसी र त्रिशूली किनारमा अझै उच्च सतर्कता
kendrabindu.com · Thu Aug 27 04:02:51 GMT 2026

काठमाडौं । बुधबार भोटेकोसी (रसुवा) मा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूलीको बहाब सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी महाशाखाले आज बिहान ८ बजे सूचना जारी सो जानकारी दिएको हो। आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल रहेको बाढी महाशाखाले जानकारी दिएको छ।
Read full story at source (kendrabindu.com)