एक दिनको तलब राहत कोषमा जम्मा गर्ने मधेस प्रदेश सरकारको निर्णय
nepalnews.com · Thu Aug 27 04:11:51 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को यस घडीमा राहत तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्याउन मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी तथा कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
Read full story at source (nepalnews.com)