भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित
khabarhub.com · Thu Aug 27 04:11:22 GMT 2026

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८५६ जना नागरिक अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ वटा रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा सुरक्षाकर्मी (नेपाली सेना ४४, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी १३) र ५७९ जना विदेशी तथा नेपाली पर्यटकहरूसमेत रहेका छन्। घटनामा ७३ जना घाइते भएका छन्।
Read full story at source (khabarhub.com)