विपद्को सामना गर्न राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री
lokaantar.com

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई सरकारले युद्धस्तरमा अगाडि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत पछिल्लो अपडेट सार्वजनिक गर्दै राज्यका सम्पूर्ण संयन्त्रहरू उद्धारमा खटिएको जानकारी दिएका छन् । साथै, प्रधानमन्त्री शाहले नागरिकहरूलाई धैर्य र संयम अपनाउन विशेष आग्रह गरेका छन् ।
प्रभावित क्षेत्रमा आज बिहानैदेखि उद्धार उडानहरू तीव्र पारिएका छन्। प्रधानमन्त्री शाहले भनेका छन्, 'आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू शुरू भइसकेका छन्। अहिलेसम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।'
Read full story at source (lokaantar.com)