भोटेकोशी बाढी : २८ प्रहरी सम्पर्कविहीन
nepalnews.com · Thu Aug 27 04:18:14 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेका १०, प्रहरी चौकी रसुवागढीका आठ, प्रहरीस्याफ्रुबेसीका तीन, अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच, बेत्रावतीका एक र हाकु प्रहरी चौकीका एक प्रहरी सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धार जारी रहेको तथा त्यस निम्ति तीन हजार ३१८ जना परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए।
Read full story at source (nepalnews.com)