चीनले भन्यो– भोटेकोशी बाढीमा परी ३ जनाको मृत्यु, २६५ बेपत्ता छन्, आगामी आईतवारसम्म निरन्तर वर्षा हुन्छ
emountaintv.com · Thu Aug 27 04:18:23 GMT 2026

काठमाडौं ।
बुधवार बिहान नेपालको भूभागमा गएको भीषण पहिरोका कारण चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (जिरोङ) नाकामा ठूलो जनधनको क्षति भएको छ । प्राप्त प्रारम्भिक विवरणअनुसार बुधवार राति ८ बजेसम्म सो घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २६५ जना बेपत्ता भएका छन् । विपद्को संवेदनशीलतालाई मध्यनजर गर्दै सिजाङ प्रशासनले प्राकृतिक विपद् प्रतिकार्यको उच्चतम तहको संकटकालीन उद्धार कार्य (इमर्जेन्सी रेस्पोन्स) सक्रिय बनाएको छ । उद्धारका लागि ७९२ जना दक्ष जनशक्ति र १५२ वटा सवारी साधन परिचालन गरिएको छ । त्यस्तै, क्षेत्रीय अग्नि नियन्त्रण तथा उद्धार प्राधिकरणले ७२ वटा सवारी साधनसहित ४३१ जना उद्धारकर्मी, तालिमप्राप्त कुकुर, लाइफ स्क्यानर र स्पिड बोटहरू घटनास्थलमा पठाएको छ । उद्धार कार्यमा चिनियाँ जनमुक्ति सेना र सशस्त्र प्रहरी बल समेत संलग्न रहेका छन् ।
Read full story at source (emountaintv.com)