महासंकट
nepalnews.com · Thu Aug 27 04:15:24 GMT 2026

बुधबार बिहान चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै अचानक आएको बाढी रसुवागढीबाट नेपाल प्रवेश गर्दा त्यसबारे नेपाली निकायसँग पूर्वसूचना थिएन। तीव्र गतिमा आएको बाढी केही मिनेटमै स्याफ्रुबेसी पुग्यो र त्यसपछि त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रसम्म फैलिँदा ठुलो धनजनको क्षति भयो।
बाढी नेपाल प्रवेश गरेको करिब १६ मिनेटपछि मात्रै रसुवा जिल्ला प्रशासनबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै जल तथा मौसम विज्ञान विभागले जानकारी पाएको थियो। त्यसपछि नदी तटीय क्षेत्रमा एसएमएसमार्फत पूर्वसूचना पठाउन थालिएको थियो। तर, त्यतिबेलासम्म बाढीले रसुवाको माथिल्लो तटीय क्षेत्रमा क्षति पुर्याउन थालिसकेको थियो।
Read full story at source (nepalnews.com)