रसुवामा रहेका सिरहाका ६ जना सम्पर्कविहीन
onlinekhabar.com · Thu Aug 27 04:15:59 GMT 2026

११ भदौ, सिरहा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि सिरहाका ६ जना सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा गोलबजार नगरपालिका–७ का करिब ३२ वर्षीय राजा कुमार यादव, कल्याणपुर नगरपालिका–११ का करिब ३० वर्षीय रोशन साह, सुखीपुर नगरपालिकाका आनन्द कुमार सिंह, कल्याणपुर नगरपालिका–११ डोकहाका श्याम सुन्दर साह (जिज्ञासु), लहान नगरपालिका–१५ विराटनगर टोलका इन्जिनियर मुकेश कुमार चौधरी र सखुवानन्कारकट्टी गाउँपालिका–१ भौर टोलका सकलदेव यादव (मुन्ना) रहेका छन्।
Read full story at source (onlinekhabar.com)