मुगुबाट रसुवा काम गर्न गएका १० जना सम्पर्कविहीन, परिवार चिन्तित
annapurnapost.com · Thu Aug 27 04:13:12 GMT 2026

मुगु : मुगुका विभिन्न स्थानबाट रोजगारीका लागि रसुवा पुगेका १० जना नागरिक सम्पर्कविहीन भएपछि उनीहरूका परिवार चिन्तित बनेका छन्। कामको सिलसिलामा रसुवा पुगेका उनीहरूसँग पछिल्लो समय सम्पर्क हुन नसकेको भन्दै परिवारजनले खोजी तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा उपलब्ध विवरण अनुसार सुरुमा ८ जना सम्पर्कविहीन भएको बताइएको भए पनि खत्याड गाउँपालिका–८ का २२ वर्षीय लोकेन्द्र सार्की र सोही ठाउँकी २६ वर्षीया पुष्पा सार्की पनि रसुवा पुगेपछि सम्पर्कविहीन भएका हुन्। विभिन्न कामको सिलसिलामा मुगुबाट रसुवा पुगेका १० जना हाल सम्पर्कविहीन रहेको आफन्तहरूले बताएका छन्।
Read full story at source (annapurnapost.com)