विपत्तिको मिलेर सामना गर्दैछौँ : प्रधानमन्त्री शाह
gorkhapatraonline.com · Thu Aug 27 04:22:53 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले विपत्तिको घडीमा आम नेपाली एकजुट भएर उद्धार तथा राहतमा जुटिरहेको बताउनुभएको छ। उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत सरकारले हालसम्म गरेका उद्धार तथा राहतसम्बन्धी गतिविधिबारे जानकारी दिनुभएको हो।
प्रधानमन्त्री शाहले भन्नुभएको छ, “देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।”
Read full story at source (gorkhapatraonline.com)