गाडीमा प्रधानमन्त्री शाह बाढीपीडित क्षेत्रतर्फ प्रस्थान
kendrabindu.com · Thu Aug 27 04:44:12 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि छन्।
उनीहरू आज बिहान ९:३० बजे काठमाडौँबाट सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्। बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा व्यापक मात्रामा जनधन क्षति गरेको छ।
Read full story at source (kendrabindu.com)