भोटेकोशी बाढीले बगाएर ल्याएका ६४ शव चितवनमा फेला
bishowkhabar.com · Thu Aug 27 04:42:47 GMT 2026

काठमाडौ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका ६४ शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका छन् । बाढीपछि खोजी तथा उद्धार कार्य जारी रहेकाले फेला पर्ने शवको सङ्ख्या अझै बढ्न सक्ने प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बाढीपछि सम्भावित जोखिमको आँकलन गर्दै जिल्ला सुरक्षा समितिमार्फत पूर्वतयारी र सतर्कताका काम तीव्र पारिएको थियो । माथिल्लो तटीय क्षेत्रबाट बगाएर ल्याइएका शव त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला पर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
Read full story at source (bishowkhabar.com)