चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता
barnanmedia.com · Thu Aug 27 04:38:36 GMT 2026

भोटेकोशी नदीमा बुधबार आएको भिषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चिीत समयका लागि ठप्प भएको छ । बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् ।
नाका अबरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । संघका महासचिव रामचन्द्र पराजुलीले बाढीले मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक हिसाबले पनि ठूलो क्षति पुगेको बताए । उनका अनुसार नाकामा ५०० भन्दा बढी सामान बोकेका कन्टेनर बगेका हुन् ।
Read full story at source (barnanmedia.com)