यतिबेला नेपाललाई हरसम्भव सहयोगको खाँचो छ : शशी थरुर
ratopati.com · Thu Aug 27 05:03:24 GMT 2026

काठमाडौँ । भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा आएको अचानकको भीषण बाढीले ठुलो विनाश निम्त्याएको भारतीय नेता शशी थरुरले बताएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत उनले पहाडी क्षेत्रमा भएको यो विनाशकारी घटनाबारे बेखबर रहँदै आफू अघिल्लो दिन काठमाडौँ प्रस्थान गरेको उल्लेख गरेका हुन्।
ग्लोबल वार्मिङ वा तिब्बतमा आएको भूकम्पका कारण हिमनदीको ठुलो ढिस्को फुटेर तल्लो तटीय क्षेत्रमा खसेको हुन सक्ने विशेषज्ञहरूको अनुमान रहेको उनले जनाएका छन्। काठमाडौँ उत्रिएपछि मात्रै १६० जनाको मृत्यु भएको र दुई हजारभन्दा बढी मानिस बेपत्ता रहेको खबर थाहा पाएको थरुरले बताएका छन्।
Read full story at source (ratopati.com)