प्रधानमन्त्री सडकमार्गबाट बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
nepalnews.com · Thu Aug 27 05:06:10 GMT 2026

काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् ।
प्रधानमन्त्री आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन् । बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्नेछन् ।
Read full story at source (nepalnews.com)