विपद्का बेला भ्रम र अफवाहबाट सचेत रहन सरकारको आग्रह, प्रत्येक घण्टा आधिकारिक सूचना आउने
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ। विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भई नागरिकमा त्रास फैलिएको गुनासो आएपछि सरकारले अबदेखि हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) मार्फत प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय भएको जानकारी दिएका छन्। उक्त विज्ञप्तिमा राहत वितरणको अवस्था, जनशक्ति परिचालन, सवारीसाधन तथा सामग्रीको उपलब्धता र वितरणको पछिल्लो विवरण समावेश गरिनेछ।
Read full story at source (hamrakura.com)