भोटेकोशी बाढी : तनहुँमा भेटिएका ९ शव पोखरा ल्याइयो
ratopati.com · Thu Aug 27 05:14:43 GMT 2026

कास्की । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उनका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो । “चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको जानकारी प्राप्त भएको छ”, उनले भने, “हामी अहिले शव व्यवस्थापनको काममा खटिरहेका छौँ ।”
Read full story at source (ratopati.com)