कालीकोटमा पहिरोबाट एक जनाको मृत्यु
onlinekhabar.com · Thu Aug 27 05:08:20 GMT 2026

११ भदौ, सुर्खेत । कालीकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, रुक्सा गाउँका ४५ वर्षीय दुर्गबहादुर सहकारी रहेका छन् । उनको बिहीबार बिहान पहिरोमा परी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)