बाढीको जोखिम कम भएपछि गाउँ फर्के सुस्ताका स्थानीय
annapurnapost.com · Thu Aug 27 05:07:26 GMT 2026

परासी : नारायणी नदीमा बाढीको जोखिम कम भएपछि सुरक्षित स्थानतर्फ सारिएका नवलपरासी सुस्ता गाउँका स्थानीयवासी बिहीबार बिहानैदेखि आ-आफ्नो घर फर्कन थालेका छन्।
रसुवा क्षेत्रमा आएको बाढीका कारण नारायणी नदीमा जलसतह बढेर सुस्ता गाउँ डुबानमा पर्न सक्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा सारेको थियो। सुस्ताका बासिन्दाहरूलाई नदीपारि सुस्ता गाउँपालिका-५ बलिनगरस्थित बिपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको थियो।
Read full story at source (annapurnapost.com)