नेपाली स्टार्टअपलाई भारतको बजारमा विस्तार गर्न सहजीकरण गर्दैछौं - भारतीय राजदूत श्रीवास्तव
nepalviews.com · Thu Aug 27 05:17:34 GMT 2026

काठमाडौं । नेपालका युवालाई भारतको स्टार्टअप इकोसिस्टमसँग जोडेर पूँजी, बजार र व्यावसायिक सञ्जालको पहुँच विस्तार गर्न भारतले सहकार्य गरिरहेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा : आइडियाज अक्रस बोर्डर्स’ को पहिलो संस्करणअन्तर्गतको भारत–नेपाल संवादमा बोल्दै श्रीवास्तवले नेपालमा ३५ वर्षमुनिको जनसंख्या करिब ६० प्रतिशत रहेको उल्लेख गर्दै युवामैत्री सहकार्यलाई भारतले प्राथमिकता दिएको बताए ।
Read full story at source (nepalviews.com)