बीमा दाबी भुक्तानीमा सास्ती खेप्दै हुनुहुन्छ ? सप्रमाण उजुरी दिन प्राधिकरणको आह्वान
nepalviews.com · Mon Jul 13 01:24:08 GMT 2026

काठमाडौं । बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानीका क्रममा बीमक, कर्मचारी वा सर्भेयरबाट कुनै सास्ती वा अनियमितता भोगेको भए सप्रमाण उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आह्वान गरेको छ। पछिल्लो समय बीमा दाबी प्रक्रियामा विभिन्न बहानाबाजी गर्दै प्रचलित कानुन र व्यावसायिक आचारसंहिता विपरीतका कार्य भइरहेको गुनासो बढेपछि प्राधिकरणले यस्तो कदम चालेको हो।
प्राधिकरणका अनुसार बीमा दाबी प्रक्रियामा सेवाग्राहीलाई दुःख दिने, तथ्य लुकाउने वा तोडमतोड गर्ने, पक्षपातपूर्ण मूल्याङ्कन गर्ने तथा अनुचित लाभ लिने जस्ता कार्यमा संलग्न जोकोहीविरुद्ध उजुरी गर्न सकिनेछ। यसरी गलत मनसाय राखेर काम गर्ने बीमक, बीमकका कर्मचारी वा सर्भेयरविरुद्ध प्राप्त उजुरीका आधारमा बीमा ऐन, २०७९ बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले स्पष्ट पारेको छ।
Read full story at source (nepalviews.com)