बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट
nepalnews.com · Wed Jun 10 12:00:23 GMT 2026

कीर्तिपुर। पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ। हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन्। यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ।
रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन्। सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक नवराज श्रेष्ठले जानकारी दिए।
Read full story at source (nepalnews.com)