उत्तर प्रदेशलाई नयाँ गति: आज उद्घाटन हुँदै लखनउ–कानपुर एक्सप्रेसवे, ४५ मिनेटमै यात्रा सकिने
aarthiknews.com

लखनउ । भारतको उत्तर प्रदेशले आइतबार अर्को अत्याधुनिक द्रुतमार्ग (एक्सप्रेसवे) थप्दै सबैभन्दा धेरै एक्सप्रेसवे भएको राज्यको पहिचान बनाएको छ। ६३ किलोमिटर लामो लखनउ–कानपुर एक्सप्रेसवेको आज केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह, सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले संयुक्त रूपमा उद्घाटन गर्दैछन्।
नयाँ एक्सप्रेसवेले प्रदेशको राजधानी लखनउलाई औद्योगिक केन्द्र कानपुरसँग जोड्नेछ। साथै, यो मार्ग उत्तर प्रदेशको सबैभन्दा लामो गंगा एक्सप्रेसवेसँग पनि जोडिने भएकाले आवागमन र माल ढुवानी थप सहज हुने अपेक्षा गरिएको छ।
Read full story at source (aarthiknews.com)