कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते
onlinekhabar.com · Mon Jul 13 02:40:45 GMT 2026

२९ असार, धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।
उपाध्याय आइतबार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । उनको उद्धार गरेर उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल पुर्याइएको छ ।
Read full story at source (onlinekhabar.com)