कर्रा खोलाको बाढीले खाली ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल
nagariknews.nagariknetwork.com · Mon Jul 13 02:58:42 GMT 2026

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एउटा खाली ट्रक बगाएको छ।
बिहान करिब ७:४५ बजे खोलामा आएको बाढीका कारण ह्युम पाइप राखेर बनाइएको कल्भर्ट (लच्का) माथिबाट पानीको बहाव बढ्दा सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)