जिल्लामै अब्बल जनज्योतिः निजी विद्यालय छाडेर सामुदायिक रोज्दै अभिभावक
nepalpress.com · Mon Jul 13 03:34:16 GMT 2026

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडका दीपेन्द्र सुवेदीले २०६१ सालमा जनज्योति विद्यालयमा कक्षा ३ सम्म अध्यापन गराउन सुरु गरेका थिए। मासिक ३०० रुपैयाँ पारिश्रमिकमा आफ्नै घर नजिकको सामुदायिक विद्यालयमा पढाउन थालेका उनलाई धेरैले ‘टोड्के स्कुलको टिचर’ भनेर समेत गिज्याउने गर्थे। त्यो बेला विद्यालयमा कक्षा ३ सम्म मात्रै पढाइ हुन्थ्यो। पछि विद्यालय प्राथमिक हुँदै क्रमशः विस्तार भएर अहिले कक्षा १० सम्मको अध्ययन–अध्यापन भइरहेको छ।
कक्षा ३ सम्मका विद्यार्थीलाई मासिक ३०० रुपैयाँमा शिक्षाको ज्योति बाँडिरहेका ती सुवेदी अहिले सोही विद्यालयका प्रधानाध्यापक छन्। २०७८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि विद्यालयले उल्लेखनीय परिवर्तनको यात्रा सुरु गरेको छ।
Read full story at source (nepalpress.com)