मौसमको जानकारी दिने आधिकारिक सरकारी एप-नेपाल वेदर अफिसियल, एन्ड्रोइड-आईओएस दुवैमा उपलब्ध
techpana.com · Mon Jul 13 03:31:58 GMT 2026

काठमाडौं । नेपाल सरकारले मौसम सम्बन्धी सटीक, भरपर्दो र समय सापेक्ष जानकारी उपलब्ध गराउने उद्देश्यले आफ्नो आधिकारिक मोबाइल एप नेपाल वेदर अफिसियल (Nepal Weather Official) सार्वजनिक गरेको छ । यो एप सरकारको जल तथा मौसम विज्ञान विभाग (DHM) र राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) को सहकार्यमा विकास गरिएको हो ।
देशका विभिन्न क्षेत्रको मौसम पूर्वानुमान र बाढी-पहिरो जस्ता प्राकृतिक विपद्को पूर्वजानकारी नागरिकसम्म छिटो पुर्याउन यो एप निकै उपयोगी साबित हुने सरकारको विश्वास छ । यो नयाँ एप्लिकेसन एन्ड्रोइड र आईओएस (एप्पल) दुवै प्लेटफर्ममा उपलब्ध गराइएको छ ।
Read full story at source (techpana.com)