अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि
lokaantar.com

रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रको नियन्त्रणलाई लिएर संयुक्त राज्य अमेरिका र इरानबीच शुरू भएको पछिल्लो सैन्य मुठभेडका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
अमेरिका र इरानबिच एकअर्काविरुद्ध भएका शृङ्खलाबद्ध हवाई तथा क्षेप्यास्त्र आक्रमणसँगै सोमबार मुख्य अन्तर्राष्ट्रिय सूचकांक ‘ब्रेन्ट क्रुड’को मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको हो । ब्रेन्ट फ्युचर्सको मूल्य प्रतिब्यारेल ७९.२९ अमेरिकी डलर पुगेको छ, जुन गत जुन २२ यताकै उच्च बिन्दु हो ।
Read full story at source (lokaantar.com)