कोशी अस्पतालको जग्गामा लाग्यो डोजर
himalpress.com · Mon Jul 13 04:12:14 GMT 2026

इटहरी- वर्षौंदेखि व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएको कोशी अस्पतालको बहुमूल्य जग्गा सोमबारदेखि अस्पतालकै नियन्त्रणमा फर्किएको छ। अस्पताल प्रशासनले अतिक्रमित क्षेत्रमा बनेका व्यावसायिक सटरहरू डोजर लगाएर हटाएसँगै सेवा विस्तारका लागि आवश्यक जग्गा उपयोग गर्ने बाटो खुलेको हो।
जिल्ला सुरक्षा समितिको समन्वयमा बिहानैदेखि विराटनगर–७ स्थित अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरी नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका संरचना हटाइएको हो। सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
Read full story at source (himalpress.com)