मनास्लु वर्ल्ड स्कुलद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थीहरू सम्मानित
kendrabindu.com · Wed Jun 10 12:38:39 GMT 2026

काठमाडौं । मनास्लु वर्ल्ड स्कुल/कलेजले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै एक विशेष अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरण, शैक्षिक पद्धति, अनुशासन र यहाँको संस्कारबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमको अवसरमा ‘मनास्लु एकेडेमिक अचिभमेन्ट अवार्ड’ अन्तर्गत कक्षा ११ को परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १० विद्यार्थीलाई सम्मान पनि गरिएको छ । विभिन्न संकायका ९९७ विद्यार्थीमध्ये सर्वाधिक अंक प्राप्त गरी कलेज टपर बन्न सफल देवेन्द्र दाहाललाई कक्षा १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, १० हजार रुपैयाँ नगद पुरस्कार, सम्मानपत्र तथा छात्रवृत्ति कार्ड प्रदान गरिएको छ ।
Read full story at source (kendrabindu.com)