पूर्वाधार विकासमा अग्रसर व्यास
nepalnews.com · Mon Jul 13 04:36:24 GMT 2026
दमौली (तनहुँ) । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई स्तरोन्नति गरिनेछ। दीर्घकालीन योजना, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा एकीकृत सहरी विकास कार्यक्रमको मार्गदर्शनअनुसार नगरपालिकाको सन्तुलित विकास अवधारणालाई कार्यान्वयन गरिएको छ।
Read full story at source (nepalnews.com)