कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान
barnanmedia.com · Mon Jul 13 04:37:09 GMT 2026

स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले चालु आबमा २५० घरधुरीमा गोबरग्यास ‘प्लान्ट’ जडान गरेको छ ।
दाउरासँगै एलपी ग्यासको खपत घटाउनुका साथै वातावरण संरक्षण, स्वास्थ्य सुधारमा टेवा पु¥याउनका लागि गोबरग्याँस प्लान्ट जडान गरिएका हुन् । नगर उपप्रमुख जोगराम चौधरीका अनुसार गोबरग्यास प्लान्ट जडानका लागि कूल लागतको १४ प्रतिशत रकम नगरपालिकाले, १३ दशमलव ६६ प्रतिशत लाभग्राहीले र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७६ प्रतिशत सहयोगमा व्यवस्थापन गरिएको छ । अनुदान कार्यक्रमअन्तर्गत पशुपालन गर्ने किसानलाई प्राथमिकतामा राखेर गोबरग्यास प्लान्ट जडान गरिएका हुन् ।
Read full story at source (barnanmedia.com)