मध्यपूर्व तनाव बढेपछि तेलको मूल्यमा उछाल
nepalnews.com · Mon Jul 13 04:47:45 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार उल्लेख्य रूपमा बढेको छ। इरानले खाडी क्षेत्रका देशहरूमाथि आक्रमण विस्तार गरेपछि तथा अमेरिकाले इरानमाथि थप सैन्य कारबाही गरेपछि ऊर्जा आपूर्ति मार्गमा जोखिम बढेसँगै तेलको भाउमा दबाब परेको हो ।
यतिबला ब्रेन्ट क्रुडको मूल्य ३.८८ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७८.९६ डलरमा कारोबार भईरहेको छ । त्यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ३.९४ प्रतिशतले उकालो लाग्दै प्रतिब्यारेल ७४.२२ डलर पुगेको छ ।
Read full story at source (nepalnews.com)