विदेश होइन, गाउँमै भविष्य : उन्नत भैँसीपालनबाट मासिक एक लाख आम्दानी
ajakoartha.com · Mon Jul 13 04:46:00 GMT 2026

पर्वत– बिहानको झिस्मिसे नहुँदै बिहादी गाउँपालिका–२ बर्राचौरस्थित देवेन्द्र पराजुलीको गोठमा चहलपहल सुरु हुन्छ । भैँसीलाई दाना–पानी खुवाउनेदेखि दूध दुहुनसम्मको काम सकिँदासम्म उहाँको दिन निकै अघि बढिसकेको हुन्छ । यही गोठ अहिले उहाँको आम्दानीको मुख्य आधार बनेको छ । उन्नत जातको भैँसीपालनबाट उहाँले खर्च कटाएर मासिक करिब रु एक लाख आम्दानी गर्दै आएका छन् ।
रोजगारीको खोजीमा हजारौँ नेपाली युवा विदेशतर्फ लागिरहेका बेला ४० वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट पनि सम्मानजनक आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । स्थानीय जातका दुई–तीनवटा भैँसीबाट सुरु भएको उहाँको व्यवसाय अहिले पाँचवटा मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी १० वटा भैँसीसम्म विस्तार भएको छ ।
Read full story at source (ajakoartha.com)