विदेशी संस्कृतिविद् डा. आनाले वाचन गरिन् श्लोक
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज काठमाडौँलगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पुर्याएका आचार्यको स्मरणमा सोमबार बिहान काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरियो।
हरेक वर्ष असार २९ गते मनाइने भानु जयन्तीका अवसरमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रम गरेका छन्। काठमाडौँको रानीपोखरीस्थित भानुभक्तको पूर्णकदको प्रतिमामा माल्यार्पण गरिनुका साथै विभिन्न साहित्यिक गोष्ठी, काव्य वाचन तथा प्रवचन कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनमानसमा पुर्याएका थिए।
Read full story at source (hamrakura.com)