जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक जनाको मृत्यु
nepalnews.com · Mon Jul 13 05:04:55 GMT 2026
जाजरकोट । जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गते परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ राङ्सीमा जयशीला शाहको अस्थायी टहरामाथिबाट पहिरो खसेर टहरा पुरिएको थियो । घटनामा करिब ६० वर्षीया जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (nepalnews.com)