हात्तीको स्वभावमा बहस : ‘रिस र प्रतिशोध राख्न राख्नसक्छ’
barnanmedia.com · Mon Jul 13 05:44:40 GMT 2026

बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली धु्रवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस थालिएकोे छ । विज्ञहरुले हात्तीले रिस साँध्ने भए पुस्तौँसम्म रिस साँध्छ भन्ने विषयमा भने उनीहरु स्पष्ट छैनन् । हात्तीले रिस साँध्ने र वैमनश्यता राख्ने भए पनि यो कति समयसम्म रहन्छ भन्ने यकिन हुन सकेको छैन ।
ध्रुवेले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा आमा छोराको ज्यान लिएको थियो । शनिबार राति घरमै बसिरहेका बेला अचानक जङ्गलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको अकालमा मृत्यु थियो । हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो बाल्न खोज्दा घर नै जलेर नस्ट समेत भएको थियो ।
Read full story at source (barnanmedia.com)