रहेनन् अन्नपूर्णकर्मी प्रिमेश शिवाकोटी
annapurnapost.com · Mon Jul 13 06:08:57 GMT 2026

जनकपुरधाम :अन्नपूर्ण पोष्ट दैनिकका रौतहट संवाददाता प्रिमेश शिवाकोटीको निधन भएको छ । नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष समेत रहेका चन्द्रपुर नगरपालिका-७ निवासी ३६ वर्षीय सञ्चारकर्मी शिवाकोटीको उपचारको क्रममा सोमबार बिहान निधन भएको हो ।
विगत केही समयदेखि मृगौलाको समस्याबाट ग्रसित शिवाकोटीको चितवन नेशनल मेडिकल कलेजमा भइरहेको थियो । उपचारकै क्रममा उनको बिहान निधन भएको हो। उनको परिवारमा श्रीमति र एक छोरी छन् ।
Read full story at source (annapurnapost.com)