योजना आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण केन्द्रका रूपमा सुदृढ बनाइन्छ : उपाध्यक्ष भट्ट
kendrabindu.com · Mon Jul 13 06:47:26 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पन्न भएका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगति सम्बन्धमा छलफल गरिएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले समितिबाट उठाइएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने जानकारी दिए । समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए ।
Read full story at source (kendrabindu.com)