रामेछापको लाछेवारमा विपद्, होटल बग्यो, पुल भत्किए
kalakarmi.com · Mon Jul 13 06:56:55 GMT 2026

रामेछाप- गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ ।
स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ । यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
Read full story at source (kalakarmi.com)