अर्घाखाँचीका वन क्षेत्रमा बहुउपयोगी रिचार्ज पोखरी निर्माण
annapurnapost.com · Mon Jul 13 06:51:36 GMT 2026

अर्घाखाँची : पाणिनी गाउँपालिका–४ स्थित गहुखर्क वनक्षेत्रमा समुद्री सतहबाट करिब १ हजार ७ सय मिटर उचाइमा नमुना रिचार्ज पोखरी निर्माण गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण घना वनको बीचमा ढुंगाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले यस आर्थिक वर्षमा जलस्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै उक्त पोखरी निर्माण गरेको हो। वन क्षेत्रभित्र वर्षायाममा खेर जाने पानीलाई संकलन गरी भूमिगत रूपमा पुनः रिचार्ज गर्ने उद्देश्यले निर्माण गरिएको यो संरचनाले त्यस क्षेत्रका प्राकृतिक मुहानलाई दीर्घकालसम्म संरक्षण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
Read full story at source (annapurnapost.com)