पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
baahrakhari.com · Mon Jul 13 07:18:18 GMT 2026

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डअन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा सोमबार (असार २९) बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ ।
पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर त्वातीले जानकारी दिए । सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।
Read full story at source (baahrakhari.com)