राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि अनिवार्य : परराष्ट्र सचिव राई
gorkhapatraonline.com · Wed Jun 10 12:58:50 GMT 2026

परराष्ट्र सचिव अमृतबहादुर राईले परिवर्तित विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै व्यावहारिक एवं सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
सचिव राईले हालको परिस्थितिमा राष्ट्रहितका लागि काम गर्ने अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै यस कार्यमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिने क्रममा परराष्ट्रमन्त्रीको हालै सम्पन्न भारत भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको सचिव राईले जानकारी दिनुभयो । उहाँले परराष्ट्रमन्त्रीबाट छिट्टै नै चीनको भ्रमण हुन लागेको समेत अवगत गराउनुभयो । चीनसँग नेपालको परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उहाँले नेपालको विकास प्रयासमा छिमेकी मुलुकहरूको सहयोग र सद्भाव अपरिहार्य रहने बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)