चोरी भएका ५१ वटा स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
ratopati.com · Mon Jul 13 07:43:05 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरेर धनीलाई हस्तान्तरण गरेको छ । सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले अनुसन्धानबाट फेला परेका दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
पछिल्लो १ महिनाको अवधिमा ५१ वटा दुईपांग्रे सवारी साधन फेला परेको एसएसपी काफ्लेले बताए । उनले भने, ‘हामीले विशेष अभियान सुरु गरेर चोरी भएका मोटरसाइकलको खोजी तीव्र बनाएका छौँ ।’
Read full story at source (ratopati.com)