भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढौँ : सभामुख
nepalpress.com · Mon Jul 13 07:44:41 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले आदिकवि भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
२१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराए । उनले सिद्ध गरे-साहित्य केवल विद्वानका लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो । भानुभक्तको लेखनीले नेपाली भाषालाई घर–घरमा पुर्यायो, जन–जनमा चेतना जगायो, र हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो ।’
Read full story at source (nepalpress.com)