अनलाइखबर, हिमालय टिभी र कान्तिपुरको गेटमा शंकास्पद गाडी पार्किङ
onlinekhabar.com · Mon Jul 13 07:51:33 GMT 2026

२९ असार, काठमाडौं । अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । कार्यालयहरू प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो ।
एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको छ । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका छन् । कसले यस्तो गर्यो भन्ने अहिले सम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।
Read full story at source (onlinekhabar.com)