भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाउने १५९ सहित ५९३ म्यानपावर कारबाहीमा
annapurnapost.com · Mon Jul 13 08:22:38 GMT 2026

काठमाडौं : वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने ५ सय ९३ वैदेशिक रोजगार व्यवसायी संस्था (म्यानपावर)विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। तीमध्ये अनुमतिबिना भारतका विमानस्थल प्रयोग गरेर श्रमिक पठाउने १ सय ५९ कम्पनीलाई चेतावनी दिइएको छ भने दोस्रो पटक कसुर दोहोर्याएका आठ कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।
वैदेशिक रोजगार विभागले ५ सय ९३ वटा म्यानपावर व्यवसायी संस्थालाई कारबाही गरेको छ। आठ वटा म्यानपावरलाई ५० हजारका दरले जरिबाना तोक्दै कारबाही अगाडि बढाएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अन्य देशका विमानस्थल प्रयोग गरेर नेपाली कामदार विदेश पठाएको, विभागले मागेको कागजात र विवरण नबुझाएको तथा पटकपटक सूचना जारी गर्दा पनि अटेरी गर्ने म्यानपावरलाई कारबाही गरिएको जानकारी गराएको छ।
Read full story at source (annapurnapost.com)