मस्तिष्कको ट्युमरको शल्यक्रियापछि के छ दीपाश्रीको अवस्था? यस्तो छ अस्पतालको भनाइ
swasthyakhabar.com · Mon Jul 13 08:29:22 GMT 2026

काठमाडौं - चर्चित नेपाली अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरेर पूर्ण रूपमा निकालिएको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको र हालसम्म कुनै नयाँ जटिलता नदेखिएको अस्पतालद्वारा जारी आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका अनुसार असार २३ गते न्युरो सर्जन डा. बसन्त पन्त, डा. सुदन ढकाल, डा. नवीन पन्थी र डा. शम्भुबहादुर कार्कीको नेतृत्वमा एनेस्थेसिया विभाग तथा नर्सिङ विभागकी आइषा रेग्मीसहितको विशेषज्ञ टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।
Read full story at source (swasthyakhabar.com)